दफा १८
पद पूर्तिको माग गर्ने व्यवस्था
(१) संघीय संसदसेवाको कुनै पद रिक्त भएमा सचिवालयले त्यसको सूचना एक महिनाभित्र लोक सेवा आयोगलाई दिनुपर्नेछ ।
(२) संघीय संसद सेवाको पद पूर्तिको लागि माग गर्दा सो अवधिसम्म रिक्त हुन आएका पद र चालू आर्थिक वर्षभित्रमा अवकाश तथा बढुवाबाट रिक्त हुने पद समेत यकिन गरी माग गर्न सकिनेछ ।
(३) पदपूर्तिको माग गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।